×

वीरगञ्ज २४ श्रावन । वीरगञ्जमा सञ्चालित बैंकहरु श्रावन अन्तसम्म नखुल्ने भएका छन् । शनिबार साँझ बैंकर एसोसिएसन वीरगञ्जले एउटा सूचना जारी गर्दै श्रावन अन्तसम्म वीरगञ्जका बैंकहरु सञ्चालनमा नआउने बताएका हो ।

वीरगञ्जका केहि बैंकका कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएपछी अन्य स्टाफहरुको परिक्षण नभएसम्म बैंक खोल्न नसकिने बैंकरहरुले बताएका छन् ।

बैंकर एसोसिएसन वीरगञ्जका अध्यक्ष रोशन भक्त श्रेष्ठले बैंकहरु खोल्दा सङ्क्रमण फैलने डर बढ्ने बताउँदै तत्कालका लागि बैंकहरु नखोलिने जानकारी दिए ।

'बैंकका केही कर्मचारीमा समेत कोरोना देखिएको छ, जबसम्म सबै बैंकका कर्मचारीहरुको परिक्षण भएर रिपोर्ट आउँदैन हामी बैंक खोल्न सक्दैनु,' श्रेष्ठले भने, 'सङ्क्रमण फैलने डर छदै छ, बैंक खोले थप बढ्छ ।'

नेपाल इन्भेस्टमेन्ट बैंक वीरगञ्ज शाखाका प्रबन्धकसमेत रहेक श्रेष्ठले शनिबार वीरगञ्जमा सञ्चालित विभिन्न बैंकका शाखा प्रवन्धकसँग छलफल गरेर आफुले निर्णय लिएको बताए । उनले श्रावन अन्तसम्म सबै बैंकका कर्मचारीहरुको पिसिआर परिक्षण गरेर भदौंको पहिलो सातामा सङ्क्रमणको अवस्था बुझ्दै उचित मापदण्ड अनुसार बैंकहरु सञ्चालनमा ल्याउने बताए ।

उनले बैंकर एसोसिएसनको निर्णय बारे नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालय पर्सालाई जानकारी समेत गराईसकेको जानकारी दिए । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र पर्साले शनिबार एउटा सूचना जारी गरेर निषेधाज्ञालाई खुकुलो पार्दै बैंकिंग क्षेत्रलाई मापदण्ड अनुसार खोल्न नेपाल राष्ट्र बैंकलाई समन्वय गर्न आग्रह गरेको थियो ।

Back to top