शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालिद्वारा पर्सा प्रहरीलाई स्वास्थ्य र सुरक्षा सामग्री सहयोग

302

आशु सर्राफ / वीरगञ्ज २४ श्रावन । शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालि वीरगञ्जले जिल्ला प्रहरी कार्यालय पर्सालाई रोग प्रतिरोधात्मक औषधी र स्वास्थ्य तथा सुरक्षा सामग्री वितरण गरेको छ ।

जगदम्बा सिमेन्टले शनिबार जिल्ला प्रहरी कार्यालय पर्सा पुगेर ९ सय २० सुरक्षाकर्मीहरुका लागि एक महिनासम्म पुग्नेगरी भिटामिन सी र मल्टी भिटामिनलगायत रोग प्रतिरोधात्मक औषधी र अन्य सुरक्षा तथा स्वास्थ्य सामग्री वितरण गरेको हो ।

कम्पनिक कार्यकारी अधिकारी अभिषेक अग्रवालको नेतृत्वमा गएको टोलिले जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख गङ्ग पन्तलाई भेटेर ९ सय २० सुरक्षाकर्मीहरुका लागि एक महिनासम्म पुग्ने भिटामिन सी र मल्टी भिटामिनलगायत रोग प्रतिरोधात्मक औषधी, ३० सेट प्राथमिक उपचारका उपकरण (फर्स्ट एड किट) ३० सेट र ३० कोभिड किट हस्तान्तरण गरेको थियो ।



उपलब्ध गराइएको औषधीले प्रहरी जवानहरुको रोगसँग लड्ने क्षमता बढाउनका साथ आवश्यक शक्ति समेत प्रदान गर्ने कम्पनिका निर्देशक राजेश अग्रवालले बताए । उनले हस्तान्तरण गरिएको कोभिड किटमा मास्क, पञ्जा, सेनिटाइजर, थर्मल गन, अल्कोहलयुक्त डीसइन्फेकटेन्टलगायत सामग्री रहेको जानकारी दिए ।

प्रहरीलाई उपलब्ध गराइएको सामग्री जिल्लाका विभिन्न प्रहरी चौकी र वडा प्रहरी कार्यालयमा पठाईने प्रहरी उपरीक्षक पन्तले बताइन । उनले कोरोनाभाइरस सङ्क्रमणले संसार आक्रान्त भएको बेला प्रहरीलाई सम्झेर सहयोग गर्ने शुभ श्री जगदम्बा मिल्स प्रालिलाई धन्यवाद दिंदै यसले प्रहरीको हौसला बढाएको बताइन ।

हस्तान्तरण कार्यक्रममा शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालि वीरगञ्जका ब्राण्ड म्यानेजर विवेक सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरलगायत अन्य प्रहरी जवानहरुको उपस्थिति रहेको निर्देशक अग्रवालले बताए ।

सामग्रीहरु जुटाउन ग्रुपद्वारा सञ्चालित अन्य सहयोगी कम्पनिहरुले समेत सहयोग गरेको अग्रवालले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here