पर्सा पछि बारामा पनि कोरोना सङ्क्रमण बढदै, स्वास्थ्य सामग्रीको अभाव – प्रजिअ पण्डित

334

बारा २४ श्रावण । छिमेकी जिल्ला पर्साको वीरगंजमा जनप्रतिनिधिसहित समुदायमा कोरोना भाइरस सङ्क्रमण फैलिएपछि केही व्यक्तिको मृत्यु पनि भइसकेको छ। अहिले बारामा पनि कोरोना सङ्क्रमण बढ्दो छ।

सङ्क्रमणले भयावह रूप लिन सक्ने भन्दै यही गत शुक्रवारको जिल्ला सुरक्षा समिति बाराको बैठकले १८ गतेदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको छ।

बारामा हालसम्म २५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने ६५ जना आइसोलेशनमा उपचाररत छन्।
जिल्लाको कलैया, देवताल, सिमरा, जीतपुर, निजगढलगायतका क्षेत्रमा सङ्क्रमित भेटिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।



हालसम्म जिल्लामा उमजनका ७२ वर्षीय वृद्ध, निजगढका ५ वर्षीय बालक र फेटाकी ६५ वर्षीया वृद्धा गरी तीनजनाको मृत्यु भइसकेको छ। सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्वाब सङ्कलनका लागि आवश्यक स्वास्थ्य सामग्रीको अभाव हुदै गइरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।

व्यक्ति स्वयम् सचेत नहुने हो भने जिल्लामा भयावह स्थिति आउन सक्ने प्रजिअ पण्डितले सचेत गराए। स्थानीय प्रशासनले सङ्क्रमण रोक्न, सुरक्षित हुन र उपचारमा गर्नुपर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने बताउँदै सङ्क्रमित हुनबाट बच्नु नै बुद्धिमानी हुने प्रजिअ पण्डितले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here