×

वीरगञ्ज २४ श्रावन । शुक्रबार राति भारतमा भएको एअर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ। दुई जना विमान चालकसहित १७ जनाको मृत्यु हुँदा चालक दलका ४ सदस्य सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।

युएईबाट चालक दलका सदस्यसहित १९० यात्रु बोकेर आउँदै गरेको एअर इन्डिया फ्लाइट (आइएक्स-१३४४) रनवेमा चिप्लिएर दुर्घटनामा परेको थियो। दुर्घटनाग्रस्त हुने बित्तिकै विमान दुई टुक्रा भएको र आगो लागेको थियो। विमानमा रहेका १९० यात्रुमध्ये १० जना बालबालिका पनि थिए।

भारतीय नागरिक उड्ययनमन्त्री हरदीप सिंह पुरीले ट्विटरमार्फत दिएको जानकारीअनुसार दुर्घटनाबारे अनुसन्धान गर्न दुई छानबिन समिति बनाइएको छ। एक टोली एअर इन्डिया र अर्को टोली विमानस्थलका अधिकारीको हुनेछ। उनले दिएको जानकारीअुसार विमान भित्र भएका सबैको उद्धार भइसकेको छ।

त्यस्तै मलपुरमका आईजीपी अशोक यादले करिब १६० यात्रु घाइते भएको र विभिन्न अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन्। यीमध्ये २०-२५ गम्भीर घाइते छन्।

विमानमा सवार २६ यात्रुमध्ये २६ जना युएईमा रोजगारी गुमेर घर फर्किँदै थिए भने २८ जना भिजा सकिएर फर्किँदै थिए।

त्यस्तै ५४ जना युएई घुम्न गएका र कोरोना भाइरसको महामारीका कारण उतै फसेका थिए। त्यसैगरी ६ जना स्वास्थ्यको कारण आउँदै थिए भने तीन जना विवाहका लागि । एजेन्सीको सहयोगमा ।

Back to top