सुन तोलाको १ लाख ३ हजार ५ सय पुग्यो, सातामै ४ हजारले बृद्धि, चाँदी तोलाको १४०५

29

वीरगञ्ज २३ श्रावन । गत बुधबारदेखि तोलामा एक लाख नाघेको सुनको मूल्य बढ्ने क्रम शुक्रबार पनि जारी रह्यो। अघिल्लो दिनको भन्दा एक हजार रुपैयाले बढेर सुन शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रूपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयामा कारोबार भएको थियो। साताको पहिलो दिन गत आइतबार ९९ हजार ६ सय रुपैयाँ रहेको सुन एक सातामै तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको छ।

चाँदीको मूल्य पनि बढिरहेको छ। शुक्रबार तोलामा अघिल्लो दिनभन्दा ६० रुपैयाले बढेर १४ सय ५ रूपैयाँ भएको छ । गत आइतबार चाँदी तोलाको १२ सय ३० रुपैया थियो । एक सातामा चाँदीको मूल्य १ सय ७५ रुपैयाँले बढेको छ।



अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहँदा नेपाली बजार पनि प्रभावित भएको हो। शुक्रबार बिहान अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २०५५.९९ डलरमा कारोबार भएको छ भने चाँदी प्रतिऔंस २८.३० डलर पुगेको छ। बिहीबारसम्म डलरको भाउ बढेर सुन प्रतिऔंस २०४४.६६ डलर र चाँदी प्रतिऔंस २७.०५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here