वीरगञ्जमा थपिए ४४ थुनुवासहित १ सय ३५ जना नयाँ सङ्क्रमित

1535

वीरगञ्ज २३ श्रावन । पर्सामा अहिले सम्मकै सार्वाधिक कोरोना सङ्क्रमित थपिएका छन् । नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार पर्सा, बारा, रौतहटका गरी १४१ जनामा कोरोना पुष्टि भएको हो ।

८ वर्षदेखि ७९ वर्ष उमेर समुहका थपिएका सङ्क्रमितमा २२ जना महिला र १२० जना पुरुष रहेका छन् । जसमा ४ जना बारा, ४ जना रौतहट र बाँकी सबै पर्साका रहेका छन् ।

पर्सामा समुदायस्तरमा फैलिएको कोरोना संक्रमणले विभिन्न प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पर्सागरि प्रहरी हिरासतमा रहेका ४४ जना थुनुवामा समेत कोरोना सङ्क्रमण देखिएको पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी दिएका छन् ।



उनका अनुसार विभिन्न मुद्दामा प्रहरी हिरासतमा रहेका एक महिला सहित ४३ जना थुनुवा र कार्वाहीमा रहेका एक प्रहरी गरी ४४ जनाको संक्रमण पुस्टि भएको हो ।

कन्ट्राक्ट ट्रेसिङ्गको अधारमा विभिन्न स्थानबाट आएका उनिहरुको स्वाब संकलन गर्दा ४४ जना संक्रमित फेला परेको उनले बताए । सङ्क्रमितहरु वीरगञ्ज महानगरपालिकाको भन्सारस्थित ईनर्वा, वडा प्रहरी कार्यालय श्रीपुर र विर्तामा रहेका थुनुवाहरु रहेको नारायणी अस्पतालले जनाएको छ ।

त्यसैगरि थपिएका सङ्क्रमित मध्ये नेपाली सेनाका ५ जना र वीरगञ्ज कारागारका २ जना रहेका छन् । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीका ७२ वर्षिय बुवा र ६८ वर्षिया आमामा समेत कोरोना पुष्टि भएको छ । उहाँहरु अहिले होम आइसोलेसनमा रहेको नगरप्रमुख सरावगीका राजनीतिक सल्लहाकार मुकेश द्विवेदीले जानकारी दिए ।

गत हफ्ता नगरप्रमुख सरावगीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँको कन्ट्राक्ट ट्रेसिङ्ग गर्दा बुवा र आमामा पनि सङ्क्रमण भेटिएको हो ।

यता वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ खलवाटोल सिर्सियाका २७ जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ । त्यसैगरी वीरगञ्ज महानगरको वडा नम्बर १० आदर्शनगर र अशोक बाटिकाका ६ महिला सहति गरी ११ जना, चिनिमेलका २ महिला सहित ४ जना, वीरगञ्ज ११ का २ जना यसैगरी वीरगञ्ज महानगरपालिकाको वडा १३ तेजारथ टोल, मुर्लि १२, भिष्वा १५, घडिअर्वा १०, पिपरा, गण्डक लगायतको स्थानका एक/एक जना संक्रमित थपिएका छन् ।

बारा जिल्लाको हने कलैया, चिउटाहा, लिपनिमाल वडा नम्बर ३, जितपुरका एक/एक जना सङ्क्रमित र रौतहट ईशनाथ नगरपालिका रौतहटका २ महिला सहित ३ जना, गौर नगरपालिकाका एकजना पुरुष सङ्क्रमित थपिएका छन् ।

सङ्क्रमित राख्ने आईशोलेसन वार्ड नभएकाले अहिले समस्यामा उत्पन्न भएको छ । श्रावनयता पर्सामा कोरोना सङ्क्रमणबाट १६ व्यक्तिले ज्यान गुमाई सकेका छन् ।

यसअघि “वीरगञ्जमा थपिए ४४ प्रहरीसहित १ सय ४१ जना नयाँ सङ्क्रमित” शीर्षक प्राविधिक त्रुटिका कारण लेखिएन गएकोमा सच्याइएको छ । यस कारणले हाम्रो पाठक वर्गमा पर्ने गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here