×

वीरगञ्ज २२ श्रावन । कोरोना संक्रमित सांसद् प्रदीप यादवको क्लोज कन्ट्याक्टमा रहेका संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको छ।

प्रवक्ता पाण्डेसहित सार्वजनिक लेखा समिति अन्तर्गत गठन भएको उपसमितिका ८ जना वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुलीदेखि सुदुरपश्चिचममका जिल्ला पुगेका थिए।

त्यस उपसमितिमा रहेका ८ जनाकै स्वाब परीक्षण गरिएकोमा पाण्डेको नतिजा पोजेटिभ देखिएको हो। 'मेरो नतिजा पोजेटिभ आएपछि म आइसोलेसनमा छु,' उनले भने।

कोरोना पोजेटिभ देखिएका सांसद् यादव पनि वीरगञ्जमा आइसोलेनसमा बसिरहेका छन्।

Back to top