प्रचण्ड निवासमा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना

93

वीरगञ्ज २२ श्रावन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।

बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । जसमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

सुरक्षाकर्मीमा कोरोना देखिएपनि परिवारका कुनै सदस्यलाई संक्रमण नदेखिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले रातोपाटीलाई जानकारी दिए । यद्यपी कुन दर्जाको सुरक्षाकर्मीलाई कोरोना देखिएको पुष्टि भएको छैन ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here