नेपाली सेनाका ११ सहित पर्सामा थपिए ४३ कोरोना सङ्क्रमित

1086

वीरगञ्ज २२ श्रावन । पर्सा जिल्लामा थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर ल्याबमा गरिएको पछिल्लो परिक्षण अनुसार थप ४३ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमित मध्ये २ जना बाराका रहेका छन् भने एक जना रौतहट मौलापूर नगरपालिकाका रहेका छन् । बाँकी ४० जना मध्ये पर्साको  पकहामैनपुर गाउँपालिका र एक जना पोखरिय नगरपालिकाका एक जना रहेका छन् । संक्रमित मध्ये २१ जना वीरगञ्जको विभिन्न वडामा बसोबास गर्ने रहेका अस्पतालले जनाएको छ । ६ महिलासहित थपिएका संक्रमित हुनेहरुको उमेर ७ वर्षदेखि ७३ वर्ष उमेर समुहका रहेका छन् ।

सङ्क्रमितहरु मध्ये केहि मास ट्रेसिङमा परेका, सङ्क्रमितहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका र आफै स्वयम्ले पैसा तिरेर पिसिआर परिक्षण गराएका मध्ये पनि छन् ।



आज थपिएका सङ्क्रमित मध्ये चण्डीप्रसाद गण वीरगञ्ज घण्टाघरमा ११ जना नेपाली सेनाका कर्मचारी पनि संक्रमित भएका छन् । त्यसैगरी ल्यानस क्लब वीरगञ्जका २ कर्मचारी, नेपाल इन्भेस्टमेन्ट बैंक वीरगञ्ज शाखाका एक कर्मचारी समेत सङ्क्रमित भएका छन् । नारायणी अस्पतालको ओपिडीमा कार्यरत एक कर्मचारीमा समेत सङ्क्रमण देखिएको अस्पताल प्रशासनले जनाएको छ ।

थपिएका सङ्क्रमितहरु वीरगञ्ज महानगरपालिका वडा नं. ४ का एक २९ वर्षीय र एक जना ५० वर्षीय पुरुष, वडा नं. ५ रेशमकोठीका १ जना १७ वर्षीय पुरुष र एक जना ७३ वर्षीय महिला, वडा नं. ८ गहवाका २८ र ३० वर्षीय पुरुष रहेका छन् भने वडा नं. ९ गणेश टोलका १६,३४, ३७ र ४५ वर्षका पुरुष रहेका छन् ।

त्यसैगरी वडा नं. १० अशोकवाटिकाका एक जना महिला ३५ वर्षीय महिला र एक जना ३५ वर्षीय पुरुष, वडा नं. ११ रानीघाटका ३६ वर्षीय र ४० वर्षीय पुरुष, वडा नं. १२ का ६० वर्षीय पुरुष, वडा नं. १४ श्रीपुरका एक २३ वर्षीय पुरुष, वडा नं. १६ नगवाका एक ५२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

वीरगञ्ज बाहेक पर्सा पोखरीया नगरपालिका वडा नं ६ का एक जना ३३ वर्षीय पुरुष, पकाहामैनपुर गाउँपालिका वडा नं. २ मैनपुरका एक जना २७ वर्षीय पुरुष, बारा प्रसौनी गाउँपालिका वडा नं. २ की एक ७३ वर्षीय महिला बाराकै र देवताल गाउँपालिकाका एक जना २२ वर्षीय पुरुष रहेका छन् ।

थपिएका सङ्क्रमित मध्ये केहि लक्षण सहित रहेका छन् भने एक जना महिला सङ्क्रमित नारायणी अस्पतालमा डायलसिस गराउँदै आएकी छन् ।

श्रावनयता पर्सामा ५ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा १४ जना कोरोना संक्रमितको मृत्यु समेत भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here