×

वीरगञ्ज २१ श्रावण । पर्सामा मृत्यु भएकाे एक किशोरीमा काेरोनाभाइरसका संक्रमण पुष्टी भएको छ ।

पोखरिया नगरपालीका वडा नं. ९ की एक १८ वर्षीय किशोरीको मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमवार अस्पतालमा ल्याउँने क्रममा किशोरीको मृत्यु भएपछि स्वावको नमूना संकलन गरेर नारायणी अस्पतालको पिसीआर ल्याव पठाईएको थियो । मङ्गलबार राति रिपोर्ट आउँदा किशोरीमा कोरोना देखिएको नारायणी अस्पतालले जनाएको छ ।

'सोमबार राति किशोरीले अचानक पटक-पटक बान्ता गर्नथालेपछि किशोरीलाई उपचारकालागि नेसनल मेडिकल कलेज लाग्ने क्रममा मृत्यु भएको थियो,' गण्डक अस्थायी अस्पतालका ईन्चार्ज उदय नारायण सिंहले भने, 'किशोरीको संकास्पद मृत्यु भएपछि कोरोना परीक्षण गर्न स्वाबको नमूना संकलन गरेर नारायणी अस्पताल पठाइएको थियो, हिजो राती रिपोर्ट आउँदा कोरोना पोजिटिभ देखिएको छ ।'

किशोरीको मृत्युसँगै पर्सामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्य १५ पुगेको छ ।

Back to top