वीरगञ्जमा थप एक पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु

2194

वीरगञ्ज २१ श्रावन । वीरगञ्जमा बुधबार कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

वीरगञ्जको गण्डक बहुअरीस्थित वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत कर्मचारी उपचारका क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले पुष्टि गरे ।

श्रावन १८ गते पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राती कोभिड १९ संक्रमण पुष्टि भएको थियो । मधुमेहका रोगी उनमा खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मङगलबार राति ९ बजे व=नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल शिफ्ट गरि भर्ना गरिएको थियो ।



उपचारका क्रममा बुधबार बिहान ५ बजे उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

यसअघि सोमबार राती मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका ८ की १८ वर्षीया किशोरीमा पनि मङगलबार राति संक्रमण पुष्टि भएको थियो ।

बुधबार बिहान वीरगञ्ज १५ का संक्रमित पुरुषको मृत्यु भएसँगै पर्सा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ, जसमा एक जना बारा जिल्लाकी यूवत र एक भारतीय रहेका छन् । पर्सामा श्रावनमा मात्रै १३ जनाको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here