×

वीरगञ्ज १९ श्रावन । नेकपाका वीरगञ्ज महानगरपालिका कमिटी अध्यक्ष रहवर अन्सारी पनि कोरोना संक्रमित भएका छन् ।

काठमाडौं रहेका उनले परिक्षण गराउँदा रिपोट पोजेटिभ आएको हो । पिसिआर परिक्षणका लागि अन्सारीले गत साउन १६ गते स्वाब दिएका थिए ।

अन्सारीको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल उनी काठमाडौंको नक्सास्थित घरमा होम आइसोलेसनमा रहेको अन्सारी निकट एक विद्यार्थी नेताले जानकारी दिए ।

Back to top