वीरगञ्जमा प्रहरी, सैनिक र पत्रकारसहित थपिए ७३ नयाँ कोरोना संक्रमित

1391

वीरगञ्ज १९ श्रावन । पर्सामा नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालले आइतवार राती सार्वजनीक गरेको रिपोर्टमा ७३ जना संक्रमीत भएको पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा ६१ जना पुरूष र १२ जना महिला रहेका छन् । संक्रमित हुनेमा १० वर्षकी बालिकादेखि ६७ वर्षकी वृद्ध महिलासमेत रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले बताए ।

आइतबार राति संक्रमण पुष्टि भएका ७३ मा मास ट्रेसिङ, एक घर एक परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा परेका रहेका व्यक्तिहरु हुन । मास ट्रेसिङमा पिसिआर जाँच गराएका २६ जना, एक घर एक परिक्षण जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जना रहेको मेसु उपाध्यायले जानकारी दिए ।



संक्रमण पुष्टि भएकामा नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका पत्रकार १ जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका ५ जना, बारा जिल्लाका ५ जना र १ जना भारतीय नागरिक पनि रहेको मेसु उपाध्यायले जानकारी दिए ।

पछिल्लो समय टोल टोलमै मास टेष्ट गर्न थालिएपछि समुदायमा रहेका संक्रमितहरू फेला पर्न थालेका नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए ।

नयाँ संक्रमित मध्ये सबैभन्दा धेरै वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ४१ जना रहेका छन् । जसमध्ये १० वर्षिय बालिका र ८ जना महिला सहित ७७ वर्षसम्मका वृद्ध रहेका छन् ।

आइतबार मात्रै यसैवडामा २७ जना संक्रमित थपिएका थिए । आज सार्वजनीक रिपोर्ट अनुसार संक्रमित मध्ये वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ घडिअर्वा र गोश्वरा रोड टोलका ७ जना, श्रीपुर वडा नम्बर १२ का ३ जना, घडिअर्वा वडा नम्बर १० का २ जना, सखुवा प्रसौनि गाउँपालिका वडा नम्बर ४ का २ जना, भिष्वा वडा नम्बर १५, वडा नम्बर ४ विर्ता, वडा नम्बर १५ भिष्वा, वडा नम्बर ८ पानगलि, वडा नम्बर १३ राधेमाइ, वडा नम्बर ६ गहवा, मुर्लि बगैंचा, सेढवा वडा नम्बर २, ग्रामीण भेगका टिहुकि, भारतको पुर्वी चम्पारण सोतवरीया गरि एक एकजना संक्रमित थपिएका छन् ।

विहान फेला परेका कोरोना पोजेटिभ साउन ८ गते र १२, देखि १६ गतेसम्म नारायणी अस्पताल तथा श्रीपुर उच्च माविमा संकलन गरिएको श्वाब परिक्षण मध्येका रहेको नारायणी अस्पतालले जनाएको छ। पर्सामा कोरोना संक्रमितको संख्या ५ सय ८० जना पुगेको डा.उपाध्यायले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here