×

वीरगञ्ज १८ श्रावन । प्रदेश नं. २ मा मुख्यमन्त्री लालबाबु राउत गद्दीको सरकारले आश्वासन बाडिरहेको बेला संघीय सरकारले कोरोना महामारीसँग एक्लै लडिरहेको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ ।

कोरोना सङ्क्रमणका कारण वीरगञ्जमा जनताले ज्यान गुमाइरहेको मुख्यमन्त्री लालबाबु राउत गद्दी नेतृत्वमा रहेको प्रदेश सरकार भने अहिले पनि गोष्टि र कार्यक्रम गरेर ब्यवस्त छ ।

विगत तिन महिनादेखि प्रदेशका अस्पतालमा एउटा भेन्टिलेटर समेत पुर्याउन नसकेका मुख्यमन्त्री लालबाबु राउतसँग जनताले आस मारेको बेला संघीय सरकारले वीरगञ्जमा विशेषज्ञ सहितको उच्चस्तरीय विज्ञ टोलि पठाएको हो ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो ।

पछिल्लो समयमा वीरगञ्जमा संक्रमितको संख्या अत्यधिक देखिएको छ । यहाँ साउन महिनामा मात्र १० जना भन्दा धेरैको मृत्यु भइसकेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आवश्यकता परेमा अन्य ठाउँमा पनि उच्च स्तरीय टोली पठाइनेछ ।

Back to top