पर्सामा २ प्रहरी र १ सैनिकसहित थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि

1191

वीरगञ्ज १८ श्रावन । पर्सामा थप ३५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसीआर ल्याबमा गरिएको पछिल्लो परिक्षणको नतिजा अनुसार पर्सामा ३५ र बारामा ३ गरी थप ३८ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका २ प्रहरी र नेपाली सेनाका एक जनासहित ३८ व्यक्तिमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जानेको छ ।

आइतबार थपिएका सङ्क्रमित मध्ये अधिकतम वीरगञ्ज महानगरपालिका वडा नं. ११ का रहेका छन् । केहि दिनदेखि वडामा चलीरहेको मास टेस्टीङको रिपोर्ट आउँदा सबैभन्दा धेरै सोहि वडाका सङ्क्रमित रहेको नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिए । ३८ मध्ये ५ महिला सहित २६ सङ्क्रमित वडा नं. ११ का रहेका छन् ।



यसैगरी जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४६ वर्षीय २ जनामा कोरोना पोजेटिभ देखिएको छ भने एक ३५ वर्षीय नेपालि सैनिकमा कोरोना भेटिएको डा. सिंहले बताए ।

सङ्क्रमित मध्ये वडा नं. १० घडीअर्वा का १, वडा नं. १५ भिस्वाका २, वडा नं. ४ विर्ताका १, सखुवा पर्सौनी गाउँपालिकाका एक जना, जिराभवानी गाउँपालिका वडा नं. २ सेढवा का १ जना र बारा जिल्लाको इटयाही-५ का एक जना रहेका छन् । त्यसैगरी बारा जिल्लाकै महागढ़ीमाई नगरपालिकाका एक जना रहेका छन् । आज थपिएका सङ्क्रमितमा एक जना भारतको बिहार राज्यका पनि रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here