पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

1748


वीरगञ्ज १८ श्रावन । पर्सा जिल्लामा फेरि कोरोना भाइरसबाट संक्रमित ४५ जना थपिएका छन् ।

नयाँ थपिएका संक्रमितमा एक जना ५ वर्षीय बालक र १४ जना महिला रहेका छन् । थपिएका दुई जना महिला वीरगञ्ज महानगर प्रमुख विजय कुमार सरावगीको कन्ट्याक्ट टे«सिङ्गमा परेका परिवारका सदस्य रहेका छन् ।

नयाँ थपिएका संक्रमितहरुमा वीरगञ्ज वडा नं. ११ श्रीपुरका सबैभन्दा धेरै १६ जना रहेका छन् । त्यसैगरी, वीरगञ्ज महानगर वडा नं. ४ भगवती टोल र विर्ताका गरी १५ जना रहेका छन् ।



त्यस्तैगरी, वीरगञ्ज वडा नं. २५ ड्राइपोर्टका ५ जना र वडा नं. १३ का ४ जना रहेका छन् भने मनियारी, छपकैया, सखुवाप्रसौनी र निर्मलबस्तीका पनि एक एक जना रहेका छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here