×

वीरगञ्ज १८ श्रावन । पर्सामा एक चार वर्षीय बालिकाको बलात्कार भएको छ । जिल्लाको जगरनाथपुर गाउँपालिकामा शनिबार चार वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

जगरनाथपुर गाउँपालिका वडा नं. २ दसौता निवासी चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सोही वडाका १८ वर्षीय युवक पक्राउ परेका इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले जानकारी दिए ।

प्रहरी चौकी जानकीटोलाले युवकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको थियो । यता इलाका प्रहरी कार्यालय पर्साले युवकको स्वास्थ्य जाँच र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको प्रहरी निरीक्षक सिंहले बताए ।

घरमा कोही नभएको मौका छोपी युवकले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ्य जाँच भएको छ र प्रहरीले युवकलाई हिरासतमा राखेर बयान लिंदैछ।

Back to top