×

वीरगञ्ज १८ श्रावन । बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका छन्।

अहिले भर्खर ट्विट गर्दै उनले सबैलाई धन्यवाद दिएका छन्।

अमिताभसहित उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कोरोना संक्रमण भएको थियो। उनीहरु सबै संक्रमणमुक्त भइसकेका छन्।

गएको असार २७ मा अमिताभ कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका थिए।

Back to top