×

वीरगञ्ज १७ श्रावन । सङ्कट व्यवस्थापन केन्द्र पर्साले सिफारिस गरे अनुसार वीरगञ्ज हेल्थ केयर हस्पिटललाई कोभिड अस्पताल सञ्चालन गर्न दिन मन्त्रलायले अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारी अनुसार शुक्रबार मन्त्रालयले वीरगञ्ज हेल्थ केयर हस्पिटलमा कोभिड अस्पताल सञ्चालन गर्न अनुमति दिएको हो ।

पर्साका साहायक प्रमुख जिल्ला अधिकारि ललितकुमार बस्नेतले मन्त्रालयबाट वीरगञ्ज हेल्थ केयर हस्पिटललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्न अनुमत आएको बताए । उनले आज सांझाबाटनै अस्पताललाई सञ्चालनमा ल्याउँने तयारी चलिरहेको जानकारी दिए ।

साहायक प्राजीअ बस्नेतले जनशक्ति व्यवस्थापन र विमाका केहि बुँदागत विषयमा अस्पताल र हामी बीच सहमति नहुँदा अस्पताल सञ्चालनमा ढिलाई आएको बताए । उनले नारायणी अस्पतालको मातहातमा रहनेगरी वीरगञ्ज हेल्थ केयर हस्पिटललाई कोभिड अस्पताल बनाइने सम्झौता हुनलागेको जानकारी दिए ।

वीरगञ्ज हेल्थ केयर अस्पतालका अध्यक्ष डा. अबुल हैस अन्सारीले पनि आज दिउँसो नभए साँझाबाट अस्पतालले तयार गरेको आइसोलेसनमा सङ्क्रमितहरुलाई ल्याउँने काम हुने बताए । उनले हामी केहीबेरमा सङ्कट व्यवस्थापन केन्द्र पर्सासँग सम्झौता गरेर सङ्क्रमितहरुलाई आइसोलेसनमा भर्ना गर्ने कार्य सुरु गर्ने भने ।

डा. अन्सारीले अस्पतालमा १०० शैयाको आइसोलेसन, ८ भेन्टिलेटर र ३२ वटा आइसीयू बेड रहेको जानकारी दिए ।

Back to top