×

वीरगञ्ज १७ श्रावन । शनिबार ६ जनाले कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अस्थायी कोरोना अस्पतालबाट ६ जना संक्रमित संक्रमणमुक्त भएका शनिबार डिस्चार्ज भएको अस्पतालका संयोजक डा. निरज सिंहले जानकारी दिए ।

शनिबार डिस्चार्ज भएका व्यक्तिहरु वीरगञ्ज महानगरपालिकाका ३ जना, बहुदरमाई नगरपालिकाका १ जना र सखुवाप्रसौनी गाउँपालिकाका २ जना गरी ६ जना रहेका छन् ।

६ जनामध्ये एक जना गत साउन ७ गते र बाँकी ५ जना गत साउन ८ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।

Back to top