×

वीरगञ्ज १७ श्रावन । वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवामा आज बिहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

मृतक बारा जिल्ला मूल घर भई हाल वीरगञ्ज नगवाको गणेश टोल बस्ने विद्यासागर जैसवाल रहेको प्रहरीले जनाएको छ ।

नगवाको गणेश टोलमा निवासी बस्ने ६५ वर्षीय ती व्यक्ति मृत अवस्थमा फेला परेको प्रहरी सहायक निरीक्षक हरिन्द्र साहले पुष्टि गरे । उनी टिभी, पंखा र बिजुलीको मिस्त्री रहेको स्थानीयले बताएका छन् ।

सुत्ने कोठाको खाटबाट तल लडेको अवस्थमा उनको शव भेटिएको साहले बताए । आज बिहान करिब ९ बजेतिर छिमेकीले घरको ढोका खुल्लै देखेर घर भित्र गई हेर्दा खाटबाट लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयका अनुसार मृत व्यक्ति करिब एक महिना अघि दिल्लीबाट फर्किएका थिए । कसरी मृत्यु भएको हो यसबारे थप अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक साहले बताए ।

Back to top