×

वीरगञ्ज १७ श्रावन । पोखरिया नगरपालिकाका स्वास्थ्यकर्मीहरूले जोखिम भत्ता नपाएको विरोधमा आन्दोलनमा उत्रेका छन्।

कोरोनाकालमा सङ्क्रमितहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जोखिम भत्ता आदेश २०७७ बमोजिम आफूहरूलाई पोखरिया नगरपालिकाले भत्ता उपलब्ध नगराएको विरोधमा श्रावन १६ देखि २६ गतेसम्म विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

विरोधस्वरूप स्वास्थ्यकर्मीहरूले आजदेखि २१ गतेसम्म कालोपट्टि बाँधेर काम गर्ने बताए।

त्यस्तै, २२ र २३ गते नगरपालिका कार्यालयमा धर्ना, ल्याब र एक्स–रे सेवा बन्द गर्ने, २४ गते युएसजी बन्द गर्ने, २५ गते सम्पूर्ण स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द गर्ने र २६ गतेदेखि आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने पोखरियाका स्वास्थ्यकर्मीले विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।

Back to top