×

कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्न खोज्दा झडप, एसपी पन्तसहित ७ प्रहरी घाइते

वीरगञ्ज १७ श्रावन । पर्सामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्ना खोज्दा स्थानियाले विरोध गरेपछि स्थानीय र प्रहरीबीच झन्डा भएको छ ।

नेपाली सेना र पर्सा प्रहरीले कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन गर्न खोज्दा वीरगञ्ज महानगरपालिका वडा नं. ३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले आधा ६ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

मिलनचोक नजिकै रहेको जङ्गलमा प्रहरीले शव व्यवस्थापन गर्न खोज्दा मिलन चोक, नौकाटोल र पसरामपुरका बासिन्दा प्रदर्शनमा उत्रिएका थिए । विरोधमा उत्रेका स्थानीयले प्रहरीमाथि ढुङ्गामुडा समेत गरेका थिए ।

ढुङ्गामुडाबाट जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्त समेत घाइते भएकी छन् जना । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तसहित ७ जना प्रहरीलाई सामान्य छोटपटक लागेको छ भने प्रहरीको एउटा गाडीको पछाडीको सिसा फुटेको समेत फुटेको छ । केहि स्थानीय समेत घाइते भएका छन् तर सङ्ख्या भने खुल्न सकेको छैन ।

जङ्गल क्षेत्र तिर शव व्यवस्थापनका लाग्ने क्रममा नेपाल प्रहरी र नेपाली सेनाको टोलीलाई मिलन चोकमा स्थानीयले ढुङ्गा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । भिडलाई नियन्त्रणमा लिन ६ सेल अश्रु ग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायाब उपरिक्षण मनोजित कुँवरले बताए । उनले भने, 'हामीले स्थानीयहरुलाई धेरै सम्झाउन खोज्यौं तर उहाँहरु मान्नु भएन उल्टै ढुङ्गामुडा गरेपछि हामीलाई श्रुग्यास हानेर भिडलाई तितर वितर गर्दै शव व्यवस्थापनका लागि जङ्गल पठाउँनु पर्यो ।’ उनले ३ मृतकहरुको शव राती डेढ बजेतिर व्यवस्थापन गरिएको जानकारी गराए ।

कुँवरले विश्व स्वास्थ्य सङ्गठनले बताएको मापदण्ड अनुसार १५ फिट खनेर शवलाई गाडिएको जानकारी दिए । उनले बस्तिबाट ६-७ किलोमिटर पर लगेर शव गाडिएको बताए ।

गाउँ नजिकै रहेको जङ्गलमा शव गाड्दा सङ्क्रमण फैलन सक्ने डरले स्थानीयहरु विरोध प्रदर्शनमा उत्रेका थिए । स्थानीयहरुको विरोधका कारण पछिल्लो २ पटकदेखि शव लिएर मिलन चोक पुगेको नेपाली सेना शवलाई नगाडी फरिएको थियो ।

१५ साउन बिहीबार वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीन जनाको मृत्यु भएको थियो । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय, वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय र वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ ।

Back to top