×

अभिमनु कुमार पटेल/रौतहट १७ श्रावन । रौतहटको राजदेवी नगरपालिका वडा नं ८ का वडाअध्यक्षमा कोभिड १९ कोरोना भाईरस संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएको पूर्व सांसद, उपप्रमुख लगायत १६ जना क्वारेन्टाईन गरिएको छ ।

वडाअध्यक्ष शंकर यादवको श्रीमतीलाई बिधुतको करेन्ट लागि मृत्यु भएकोपछि श्रद्धाञ्जली व्यक्त गर्न र उहाँको अन्तिम बिदाई अर्थात दाहसंस्कारमा सहभागि बनेका रौतहट क्षेन ं १ का प्रथम संविधानसभा सदस्य बबन सिंह र उनकी श्रीमती राजदेवी नगरपालिकाकी उपप्रमुख अंसु सिंहले वडाअधयक्ष यादवमा कोरोनाको संक्रमण देखिएको हुनाले आफै श्री नेमधारी बासुदेव माध्यमिक विधालय मुडवालवा स्थित क्वारेन्टाईन गरेका छन ।

कोरोना संक्रमितको रिपोर्ट आउनु भन्दा ३ दिन पहिला कार्यालयमा बोर्ड बैठक भएको थियो त्यसमा वडा नं २ हजमिनिया टोलका वडाअध्यक्ष सनुप महतो बाहेक नगरप्रमुख धिरेन्द्र कुमार सिंह, उपप्रमुख अंसु सिंह, नियमित प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डेय, वडाअध्यक्ष, बोर्डका सदस्य, वडासदस्य, स्वास्थ्य संयोजक सुबोध साह, कर्मचारी पंकज मिश्रा लगायतको उपस्थिति रहेको थियो । त्यो भन्दा पहिला एक सप्ताह देखि नै वडाअध्यक्ष यादवलाई ज्वरो लागेको थियो ।

यादवको श्रीमतीको दाहसंस्कारमा सहभागि भएका लगभग ३ सय भन्दा बढी मध्ये हाल १६ जना आफै क्वारेन्टाईन गरेको छ भने अन्य सोही नगरपालिकाको निर्वाचित जनप्रनिधि मेयर धिरेन्द्र कुमार सिंह, नियमिति प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डेय लगायत प्रदेश नं २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव समेत भेटघाट गरेको थियो तर हाल सम्म उहाँहरु होम क्वारेन्टाईन वा अन्य ठाउँमा क्वारेन्टाईन गर्न नसकेको स्थानीयहरु बताएका छन ।

क्वारेन्टाईनमा आज दुई दिन देखि बसेको पूर्व सांसद बबन सिंहले आफुहरु समाजको अन्य व्यक्तिहरुमा यस्तो विनाशकारी रोग कोरोना भाईरस न लागोस भने सोचले आएको बताए । राजदेवी नगरपालिकाले तोकेको स्थानमा क्वारेन्टाईन बस्न आएको तर यहाँ पशुको खोर भन्दा अलिकति पनि गतिलो केही नगर वा जिम्मेवार व्यक्ति मेयरको तर्फबाट देखिएको छैन ।

१६ जना यहाँ आफै बस्न आएको मध्य केही जनप्रतिनिधि र सर्वसधारण स्थानीय समेत हुदाहुदै होटलबाट प्लास्टिकमा खान त्यो पनि पुरै जनावरहरुलाई जुन प्रकारले खाना दिन्छ त्यस्तो खालको दिईरहेको छ भने अन्य समय क्वारेन्टाईन बसेकाहरुलाई कस्तो सेवासुविधा दिएको होला भने आफै अनुमान गर्न सकिन्छ । नगरका प्रमुख र नियमित प्रमुख प्रशासकीय अधिकृत समेत एक पल्ट कस्तो व्यवस्थापन बनाएको हो भने हेर्न वा सम्पर्क समेत गर्न सकेको छैन पूर्व सांसद सिंहले यर्थात क्वारेन्टाईको भित्रको पीडा बताएका हुन ।

त्यस्तै सोही राजदेवी नगरपालिकाकी उपप्रमुख अंसु सिंहले यस क्वारेन्टाईनमा धेरै निर्वाचित महिला जनप्रतिनिधिहरु समते आएकी छिन तर एउटा पनि महिला स्वास्थ्यकर्मी वा अन्य महिला कर्मचारी छैन । आफुहरु क्वारेटाईन हुदा धेरै सराहनीय बिषय लागेको छ यसबाट भोलिको दिनमा हुने समस्याको समाधान तिर पहिला नै ध्यानकर्षण गर्दा सबैको हकहितमा राम्रो भएको बताईन । बाकी जनप्रतिनिधिहरुलाई थाहा हुदाहुदै गाउँ घरमा खुल्याम सर्वसधारण व्यक्तिहरु जस्तो घुमफिर गरिरहेकोले समाजमा ठूलो अप्रिय समस्या उत्पनन हुनु भन्दा पहिला नै क्वारेटाईनमा बस्दा राम्रो उपप्रमुख सिंहले बताइन ।

यादवको श्रीमतीको दाह संस्कारमा सहभागि बनेको व्यक्तिहरुलाई स्थानीय हिसाबले खोजी खोजी क्वारेन्टाईनमा राख्ने कार्य जारी रहेको छ प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे बताउका छन ।

Back to top