वीरगञ्जमा थप एक महिलाको कोरोनाबाट मृत्यु

1808

वीरगञ्ज १७ श्रावन । वीरगञ्जमा थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा घर भएकी ५० वर्षीय महिलामा मृत्युपछि कोरोना कोरोना पुष्टि भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्याय अनुसार नारायणी वयोधा अस्पताल उपचाररत महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो । महिलाको मृत्यु शुक्रबार बिहान १० बजेको करिवमा मृत्यु भएको थियो । मृत्यु पुर्व नै कोरोनाको शङ्का लागेर उनको स्वाब परिक्षणका लागि नारायणी अस्पतालको पिसीआर ल्याबमा पठाईएको थियो ।

नारायणीको ल्याबमा उनको स्वाबको नमूना परिक्षण गर्दा शुक्रबार राति उनको रिपोर्ट पोजेटिभ आएको डा. उपाध्यायले जानकारी दिए ।



मृतक महिला निमोनिया र श्वासप्रस्वासको समस्या आएपछि बुधबार नारायणी वयोधा अस्पतालमा भर्ना गरिएको थियो । शुक्रवार विहान उनलाई श्वासप्रस्वासमा थप समस्या भएपछी आइसीयुमा भर्ना गरेर उपचार गर्दागर्दै मृत्यु भएको हो । मृत महिलाको शव हालसम्म अस्पतालमै रहेको अस्पतालको प्रशासन शाखाका विष्णु पटेलले बताए ।

उनले महिलाको उपचार गर्दा प्रयोग भएको वार्डलाई शिल गरेर सेनीटाइज गर्ने काम भइरहेको र उपचारमा संलग्न सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अस्पताल भित्रै व्यवस्था गरिएको क्वारेन्टिनमा राखिएको जानकारी दिए ।

वीरगञ्जमा हालसम्म कोरोना सङ्क्रमणबाट ११ व्यक्तिको मृत्यु भएको हो । जसमा रौतहटका १, बाराका २ र एक भारतीय रहेका छन् । श्रावन यता ९ जनाको मृत्यु कोरोनाबाट भएको डा. उपाध्यायले भने ।

 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here