थप ३१५ जनामा कोरोनाको संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २० हजार नाघ्यो

365

वीरगञ्ज १७ श्रावन । नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २० हजार ८६ पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये १४ हजार ४९२ जना निको भएर घर फर्किएका छन्।



प्रवक्ता डा. गौतमका अनुसार शनिबारमात्रै ५३ जना निको भएर अस्पतालबाट घर फर्किएका छन्।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here