×

वीरगञ्ज १६ श्रावन । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सामन्य ज्वरो आएपछि कोरोना परिक्षण गराउँदा सांसद् यादवमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यादवको स्वास्थ्य अवस्था सामान्य रहेको उनका स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए ।

सांसद् यादव आहिले वीरगञ्ज महानगरपालिका वडा नं. १२ राधेमाईस्थित आफ्नो घरमै होम आइसोलेसनमा रहेका छन् ।

शुक्रबार सामान्य ज्वरो आएपछि उनले नारायणी अस्पतालमा कोरोना परिक्षणका लागि आफ्नो स्वाब जम्मा गराएका थिए । साँझा रिपोर्ट आउँदा उनमा कोरोना सङ्क्रमण देखिएको बरनवालले बताए ।

'आज बिहानदेखि सामान्य रुघाखोकी र ज्वरो आउँदा कोरोनाको शङ्का लागेपछि सांसद् यादवले आफ्नो कोरोना टेस्ट गराएका थिए, 'स्वकीय सचिव निखिल बरनवालले भने, 'अहिले केहि बेर अगाडी उनको रिपोर्ट पोजेटिभ आएको छ, उनी हाल आफ्नो राधेमाईस्थित घरमा होम आइसोलेसनमा छन् ।'

सांसद् यादवले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत् पनि आफुलाई कोरोना सङ्क्रमण भएको पुष्टि गरेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै छिट्टै जनताको सेवामा फर्किने बताएका छन् ।

जनता समाजवादी पार्टीको नेता समेत रहेका सांसद् यादवले आम जनतालाई स्वास्थ्यकर्मीहरुको सल्लहा अनुसार मास्क, पञ्जा, सेनीटाईजर जस्ता बस्तुको प्रयोगमा सम्बेदनशील हुन् आग्रह समेत गरेका छन् ।

'मैले आफ्नो पिसीआर जाँच गराउदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । अफुलाइ आइसोलेट गरेर अहिले आराममा छु । आफ्नो घरभित्र आत्म अनुशासन कायम गर्दै सुरक्षित रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मस्क लगाइ ननिस्किन र समाजिक दुरी कायम राख्न सबैमा यतिबेला बडा गम्भीरतापुर्वक म आग्रह गर्न चाहन्छु । कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाडैं फर्किने छु, उनले फेसबुकमा लेखेका छन् ।'

मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । अफुलाइ आइसुलेट गरेर अहिले आराममा छु । आ आफ्नो घरभित्र आत्मअनिसाशन कायम गर्दै सुरक्षीत रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मस्क लगाइ न निस्किन र समाजिक दुरी कायम राख्न सबैमा यतिबेला बडा गम्भीरतापुर्वक म आग्रह गर्न चाहन्छु । कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाडैं फर्किने छु ।

सांसद् यादवका निजि ड्राइभर र नेपाल सरकारले उपलब्ध गराएको पीएसओमा पनि कोरोना सङ्क्रमण देखिएको बरनवालले बताए ।

हिजोमात्रै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीमा कोरोना पुष्टि भएको थियो । पछिल्लो समय वीरगञ्जमा कोरोनाले आक्रान्त मचाएको छ । विगत एक हफ्तामा ५ कोरोना सङ्क्रमितहरुको मृत्यु भएको छ भने डेढ सय भन्दा नयाँ सङ्क्रमित थपिएका छन् ।

https://www.facebook.com/MP.pradipyadav/posts/2711412849139767

Back to top