×

वीरगञ्ज १६ श्रावन । वीरगञ्ज महानगरपालिका– ५ जेल रोड निवासी ४७ वर्षीय जोगिन्द्र महतो कोरोना भाइरसको संक्रमणलाई परास्त गरेर घर फर्किनु भएको छ ।

निमोनियाको समस्यामा रहनु भएका महतोले मृत्युलाई जितेर फर्किनु भएको हो । वीरगञ्जको कोभिड अस्पताल गण्डकमा सघन उपचार कक्ष (आइसीयु) मा राखेर उहाँको उपचार भएको थियो । महतोको परिवार आफन्तजन र इष्टमित्र निकै खुशी भएको परिवारिक श्रोतले जनाएको छ ।

यसै गरि अस्पतालमा उपचार गराई रहेका अन्य १९ जना पनि कोरोना भाइसको संक्रमणलाई परास्त घर फर्किएका छन ।

नारायणी अस्थायी कोरोना अस्पताल गण्डकबाट संक्रमणमुक्त भएर २० जना डिस्चार्ज भएको डा.निरज सिंहले बताउनुभयो । अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार बिहीबार दुई जना र शुक्रबार १८ जना गरी २० जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

पछिल्लो दुई पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुने २० जनामध्ये ३ जना महिला रहेको अस्पतालले जनाएको छ ।

Back to top