×

वीरगञ्ज १६ श्रावन । वीरगञ्ज महानगरपालिकाकाे वडा नं. ३१ मिलनचाैकमा काेराेना संक्रमितकाे शव गाड्ने बिषयमा तनाव भएकाे छ ।

काेराेना संक्रमितकाे शव गाड्ने कार्यमा स्थानियहरु अवराेध गरेपछि तनाव भएकाे हाे । सयाैंकाे संख्यामा मिलनचाैकमा जम्मा भएका स्थानियहरु आफ्नाे क्षेत्रमा शव गाड्न नहुने अडान लएका छन् ।

प्रहरीले स्थानियहरुलाई सम्झाउदा बुझाउदा पनि नमानेपछि ठूलाे संख्या जम्मा भएकाे भिड हटाउन प्रहरीले आश्रु ग्यास र हवाई फायर समेत गरेकाे छ । प्रहरीले ६ राउन्ड आश्रु ग्यास र ४ पटक हवाई फायर गरेे पनि स्थानियहरु पछाडी हटेका छैनन् ।

प्रहरी आश्रु ग्यास र हवाई फायर गरेपछि बिराेधमा उत्रेका स्थानियहरु ढुंगामुडा समेत गरेका छन् । स्थिति तनावपूर्ण रहेकाे स्थानिय युवा प्रकाश कुमारले वताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे बाक्लाे उपस्थिती रहेकाे छ भने नेपाली सेना मिलनचाैकमा देखिएकाे छैन् ।

काेराेना संक्रमणबाट मृत्यु भएकाकाे शव गाड्नकाे लागि दुईटा जेसिभि समेत मिलनचाैक पुगेकाे छ । काेराेना संक्रमितकाे शव व्यव्थापनकाे लागि मिलनचाैक पुगेकाे नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित जेसिभि देख्नै वित्कै स्थानियहरु बिराेधमा उत्रेका थिए ।

यस अघि पनि साउन १२ गते मिलनचाैकबासीकाे अवराेधका कारण शव व्यवस्थापनमा समस्या आएकाे थियाे ।

Back to top