×

वीरगञ्ज १६ श्रावन । वीरगञ्जमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो हफ्तादेखि वीरगञ्जस्थित नारायणी अस्पतालको मातहातमा रहेको गण्डक अस्थायी कोभिड हस्पिटलमा उपचाररत ५६ वर्षीय पुरुषको सङ्क्रमणबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगञ्जका कार्यकारी अधिकृत रहेका छन् । उनको गएराती उपचारको क्रममा मृत्यु भएको गण्डक अस्थायी अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले जानकारी दिए ।

'श्रावन ७ गतेदेखि अस्पतालमा कोरोना सङ्क्रमणको उपचार गराई रहेका उनको बिहिबार अचानक अवस्था गम्भीर भएपछी दिउँसोदेखि अक्सिजन सपोर्टमा राखेर उपचार गर्दै थियौं,' डा. उदय नारायण सिंहले भने, 'राति उनको अवस्था झन् बिग्रिदै गएपछि भेन्टिलेटरमा राख्नु पर्यो, तरपनि उनलाई हामीले बचाउँन सकेनौं ।'

मृत्यु भएका पुरुष भारतीय नागरिक हुन् । कोरोनरी धम्नीका विरामी उनको मुटुको बाइपास सर्जरी समेत भएक थियो । उनको शव अस्पतालमै रहेको डा. उदय नारायण सिंहले जानकारी दिए । शव व्यस्थापनको जिम्मा नेपाली सेनालाई लगाइएको उनले बताए ।

वीरगञ्जमा बिहिबार मात्र ३ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

Back to top