वीरगञ्जमा थप २ को कोरोना सङ्क्रमणबाट मृत्यु

1578


वीरगञ्ज १६ श्रावन । वीरगञ्जमा मृत्यु भएका २ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ २ । वीरगञ्ज स्थित नारायणी अस्पतालको मातहातमा पर्ने गण्डक कोभीड अस्पतालमा उपचाररत एक पुरुष र विगत केही दिनदेखि आफ्नै घरमा सिकिस्त एक वृद्धको मृत्यु भएपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवाका ३५ वर्षिय पुरुष र वडा नं. ३ छपकैया निवासी ६५ वर्षिय पुरुष रहेका छन् ।

विगत ३ दिन देखि गण्डक अस्पतालमा उपचार गराइरहेका ३५ वर्षिय नगावाका पुरुषको गएराती ८ बजे करिब आइस्युमा उपचारको क्रममा र ६५ वर्षिय वृद्धको आफ्नै घरमा ज्वारो लागेर मृत्यु भएपछि कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिए ।



गण्डकमा मृत्यु भएका पुरुष निमोनिया, उच्च ज्वरो र स्वासप्रस्वासको समस्याबाट ग्रसित भएर विभिन्न अस्पतालमा उपचार गराउँदै मङ्गलबार तराई अस्पतालबाट रिफर भएर गण्डकमा भर्ना भएका थिए । तराई अस्पतालमा उनको आरडीटी पोजेटिभ आएपछी गण्डकमा भर्ना गरिएको थियो । उनको पिसिआर रिपोर्टमा मृत्यु पछि कोरोना देखिएको छ ।

त्यसैगरी छापकैयको आफ्नै घरमा मृत्यु भएका व्यक्ति विगत केहीदिन देखि उच्च ज्वरो, रुघा खोकी र स्वास प्रश्वासमा समस्या आएर आफ्नै घरमा उपचाररत थिए । उनको बिहीबार बिहान ७ बजे करिवमा मृत्यु भएको डा. उपाध्यायले बताए ।

वृद्धको मृत्युपछि स्थानिय प्रहरीले अस्पतालमा खबर गरेपछि उनको शव नारायणी अस्पतालको शव गृहमा राखिएको थियो । मृत्यु पछि उनको स्वाब सङ्कलन गरेर कोरोना परीक्षण गर्दा उनकमा कोरोना पुष्टि भएको छ ।

दुवै मृतकको शव व्यवस्थापनको जिम्मा नेपाली सेना दिईएको डा. उपाध्यायले जानकारी दिए ।

पछिल्लो पटक वीरगञ्जमा दुई संक्रमितको मृत्यु भएसँगै पर्सामा मृतकको संख्या १० र नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५४ पुगेको छ।

यसअघि बिहीबार दिउँसो सवा ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा पर्साका दुई जनाको मृत्यु भएको जानकारी दिएको थियो


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here