×

वीरगञ्ज १६ श्रावन । वीरगञ्जमा एक कोरोना सङ्क्रमित महिलाले बच्चालाई जन्म दिएकी छन् । नारायणी अस्पतालको मातहातमा रहेको गण्डक अस्थायी कोभिड हस्पिटलमा उपचाररत कोरोना सङ्क्रमित गर्भवतीले छोरीलाई जन्म दिएकी हुन् ।

अस्पतालका इन्चार्ज डा. नीरजकुमार सिंहले कोरोना सङ्क्रमित वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैयानिवास ३१ वर्षीय महिलाले शुक्रबार बिहान ४ बजेर १० मिनेटमा छोरी जन्माएकी बताए । आमा र छोरी दुवैको स्वास्थ्य सामान्य रहेको डा. सिंहले जानकारी दिए।

‘आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य छ,’ डा. सिंहले भने, ‘सङ्क्रमित महिलाले ३ केजी तौल भएकी छोरीलाई जन्म दिएकी छन् ।’

श्रावन ७ गते सामान्य ज्वरो आएपछि ति महिला उपचारकालागि नारायणी अस्पताल पुगेकी थिइन, स्वास्थ्यमा सुधार नआएपछि उनि प्रभु हस्पिटल हुँदै नेसनल मेडिकल कलेज पुगेकी थिइन । मेडिकल कलेजमा उनको आरडीटि परिक्षण गर्दा पोजेटिभ देखिएपछि बिहिबार उनलाई गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

गण्डकमा उनको स्वाब सङ्कलन गरेर पिसिआर परिक्षण गर्न नारायणी अस्पताल पठाईएको थियो । राति ११ बजे रिपोर्ट आउँदा उनका कोरोना सङ्क्रमण भेटिएको डा. सिंहले बताए ।

Back to top