×

वीरगंज १५ श्रावण । पर्सा प्रहरीले बाराका पत्रकार उमेश दुवेलाई नियन्त्रमा लिएर मुद्दा चलाएको छ । बाराको फेटा गाउँपालिका फुलवरिया निवासी टिभि टुडेका सम्वाददाता दुवेलाई जिल्ला प्रहरी कार्यालय पर्साका अपराध अनुसन्धान शाखा (क्राइम ब्रान्च) को टोलीले बुधबार वीरगंजस्थित माई टिभिको कार्यालय अगाडीबाट नियन्त्रणमा लिएको थियो ।

त्यस अघि बुधबार विहान पत्रकार दुवे र पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तसहितका डिउटीमा खटेका प्रहरी बिच वीरगंज पावर हाउस चोकमा विवाद भएको थियो । मुख्य सडक भएर जाने बिषयमा भएको विवाद पछि पत्रकार दुवेले आफ्नो फेसबुकमा एउटा स्टेटस लेखेका थिए । सोही बिषयलाई लिएर पर्सा प्रहरीको क्राइम ब्रान्चको टोलीले उनलाई नियन्त्रमा लिएको बुझिएको छ ।

तर बिहिबार दिउसो मात्र पत्रकार दुबेमाथी प्रहरीले सार्बजनिक शान्ति कसुर विरुद्धको मुद्दा दर्ता गरि म्याद थमाएको हो ।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले दुवेमाथी सार्वजनिक शान्ति विरुद्ध खसूरमा मुद्दा दर्ता गरिएको वताए । उनले डिउटीमा खटेको प्रहरीलाई मिस विहेभ गरेको कसुरमा सार्बजनिक शान्ति विरुद्धको मुद्दा दर्ता गरी अनुसन्धानको लागि १० दिन म्याद थप गराइएको जनाए ।

Back to top