वीरगञ्जको कोरोना अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुषको मृत्यु

2069


वीरगञ्ज १५ श्रावन । वीरगञ्जको आइसोलेसनमा उपचार गराई रहेका एक पुरुषको मृत्यु भएको छ । नारायणी अस्पतालको मातहातमा रहेको गण्डक कोभिड अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत पुरुषको मृत्यु भएको हो ।

गण्डक अस्पतालको आइसोलेसनमा उपचार गराई रहेका वीरगञ्ज महानगरपालिका वडा नं. १६ निवासी ३५ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका वरिष्ठ चिक्तिसक डा. निरज सिंहले बताएका छन् । उनको स्वाबको नमूना सङ्कलन भएपनि पिसिआर रिपोर्ट भने आउँन बाकि रहेको छ ।

‘गत मङ्गलबार गण्डक अस्पतालको आइसोलेसनमा भर्ना भएका ३५ वर्षीय पुरुषको उपचारको क्रममा बिहिबार मृत्यु भएक छ,’ डा. निरज सिंहले भने, ‘निमोनियासँगै स्वासप्रस्वासको समस्याबाट ग्रसित उनि केहि बेर अगाडी सिरियस भएपछी हामीले आइसीयुमा भर्ना गरेर उपचार गर्दै थियौं तर उनलाई बचाउँन भने सकेनौं ।’



निमोनियासँगसँगै स्वासप्रस्वासको समस्याबाट ग्रसित उनि वीरगञ्जका विभिन्न अस्पतालमा उपचार गराएका थिए । पछी उनलाई वीरगञ्जस्थित तराई अस्पतालमा भर्ना गरीएक थियो । अस्पतालमा कोरोनाको लक्षण देखिएपछी उनलाई रिफर गरेर गण्डक पठाइएको डा. सिंहले जानकारी दिए ।

वीरगञ्जमा पछिल्लो एक हफ्ताभित्र ८ कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने २ सय भन्दा बढी सङ्क्रमितहरुको उपचार चलिरहेको छ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीसमेत कोरोनाबाट सङ्क्रमित भएका छन् ।

कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले गत शनिबारदेखि अनिश्चित समयका लागि निषेधाज्ञा लगाएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here