×

वीरगञ्जमा बुधवार गरिएको परिक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मी सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधवार साँझ आएको परिक्षणको नतिजा अनुसार नारायणी अस्पतालम कार्यरत चार जना स्वास्थ्यकर्मी पनि संक्रमीत भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

नारायणी अस्पतालका १ जना डाक्टर, २ जना नर्स र १ जना अहेब गरि ४ जना स्वास्थ्यकर्मीमा संक्रमण फेला परेको हो ।

त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का ४ जना, वडा नम्बर १२ का ३ जना, वडा नम्बर ५ का २ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ३ का १ जना, पर्साकै छिपहरमाई गाउँपालिका २ टिहुकीका १ जना र नारायणी अस्पतालकै संक्रमति कर्मचारीकी १ जना छोरीमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको डा. उपाध्यायले जानकारी दिए ।

सङ्क्रमितहरुलाई होम आइसोलेशनमा राख्ने तयारी भइरहेको छ । वीरगञ्ज महानगरपालिकाको ब्यवस्थापनमा संचालनमा रहेको गण्डक कोभिड अस्पतालमा ६१ जना संक्रमीतहरुको उपचार भइरहेको छ ।

त्यहा अन्य बिरामी राख्ने शैय्या छैन । पर्सामा ९३ जना कोरोना भाइरसका संक्रमीतहरुलाई घरमै राखिएको छ।

Back to top