विश्वमा एकैदिन थपिए दुई लाख ४७ हजार कोरोना संक्रमित

56
फाईल फोटो

वीरगञ्ज १४ श्रावन । विश्वमा हिजो एकैदिन दुई लाख ४७ हजार कोरोना भाइरस संक्रमित थपिएका छन् । वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो दुई लाख ४७ हजार २३९ जना संक्रमित थपिएका हुन् ।

सबैभन्दा धेरै अमेरिकामा ६४ हजार ३९२ जना संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा संक्रमितको संख्या ४४ लाख ९८ हजार ६ पुगेको छ। हिजो अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण एक हजार २३४ जनाको मृत्यु भएको छ ।

यस्तै, ब्राजिलमा ४१ हजार १६९ संक्रमित थपिँदा ९५५ जनाको मृत्यु भएको छ । भारतमा ४९ हजार ६३२, रुसमा पाँच हजार ३९५, साउथ अफ्रिकामा सात हजार २३२, मेक्सिकोमा चार हजार ९७३, पेरुमा पाँच हजार २८८, चिलीमा एक हजार ८७७, स्पेनमा एक हजार ८२८ र बेलायतमा ५८१ जना थपिएका छन् ।




LEAVE A REPLY

Please enter your comment!
Please enter your name here