×

वीरगञ्ज १३ श्रावन । वीरगञ्जमा थप १५ नयाँ सङ्क्रमितहरु थपिएका छन् । नारायणी अस्पतालको पिसीआर ल्याबमा विभिन्न व्यक्तिहरुको स्वाब परिक्षण गर्दा १५ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

थपिएका सङ्क्रमितहरुमा १४ जना पुरूष र १ जना महिला रहेका छन् । सङ्क्रमित हुनेमा २३ वर्षका पुरूषदेखि ५६ वर्षका व्यक्तिहरु रहेका छन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा स्वास्थ्यकर्मी, कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका र कारखानामा कार्यरत कर्मचारीहरु पनि रहेको अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए ।

कोरोना संक्रमित पुष्टि हुनेमा १ जना उमी नगरपालिका इलाम जिल्लाका रहेका छन् भने १ जना जिल्ला प्रहरी कार्यलय पर्साको थुनुवामा रहेका छन् । त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका २ जना वडा नम्बर ४ का २ जना वडा नम्बर ७ का २ जना वडा नम्बर १३ का २ जना वडा नम्बर २३ का १ जना रहेका छन् ।

बारा जिल्ला कलैया वडा नम्बर ५ का ४१ वर्षका एक पुरूष र कारखानामा कार्यरत तीन कर्मचारी रहेको डाक्टर सिंहले जानकारी दिए ।

साउन ७ गते देखि ११ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा १५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. सिंहले जानकारी दिए ।

संक्रमितहरुलाई हाल नारायणी अस्पताल अस्थायी विषेश करोना अस्पताल गण्डकको आइसोलेसन वार्ड ६१ जना संक्रमितहरुले भरिएका कारण ४२ जनालाई घरमै राखिएको छ ।

सोमबार राति १५ जना संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा २ सय ७२ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमोद ठाकुरले जानकारी दिए ।

Back to top