×

वीरगञ्ज १२ श्रावन । हिन्दु धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धको एक दिन पहिला वीरगञ्जमा लाग्ने गरेको बौधिमाई मेला स्थगित भएको छ ।

कोरोनाभाइरसका सङ्क्रमितहरुको सङ्ख्यामा वृद्धि भएसँगै स्थानीय प्रशासनले लागु गरेको निषेधाज्ञाका कारण भिडभाड हुन नदिने मन्दिर व्यवस्थापन समितिले मेला स्थगित गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित बौधिमाई मन्दिर व्यवस्थापन समितिले सोमबार एउटा सूचना प्रकाशित गर्दै यस वर्षको मेला स्थगित भएको जनाएको छ । महामारीका कारण हाल मन्दिर समेत बन्द रहेको सूचनामा उल्लेख गरिएको छ । रक्षाबन्धन पर्वको एक दिन पहिला मन्दिरमा गएर बौधिमाई मातालाई खोइचा भर्ने चलन छ ।

यस वर्ष रक्षाबन्धन श्रावन १९ गते सोमबारका दिन परेको छ ।

Back to top