×

वीरगञ्ज १२ श्रावन । पकहामैनपुर गाउँपालिकाले एसइइ परिक्षामा उत्कृष्ट अङ्क ल्याएर उतिर्ण भएका विद्यार्थीहरुलाई पुरष्कृत गरेको छ ।

गाउँपालिकाका प्रमुख विजयकुमार चौरसियाले गाउँपालिका कार्यालयमा आइतबार एउटा कार्यक्रमको आयोजना गरी गाउँपालिकास्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयबाट २०७५ वर्षको एसइइ परिक्षणमा ए प्लस, ए र वि प्लस ल्याएर उतिर्ण भएका ७ छात्र र छात्राहरुलाई नगदले पुरष्कृत गरेका हुन् ।

श्री राम चरित्र भगत माध्यमिक विद्यालयबाट एसइइ परिक्षणमा विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक छोटेलाल साहलगायत जनप्रतिनिधि र स्थानीयहरुको उपस्थितिमा जनही १० हजार नगदले पुरष्कृत गरिएको छ ।

विद्यार्थीहरुलाई प्रोत्साहन गर्न र आगामी वर्षहरुमा थप महिनेत गरेर अध्ययन गर्ने हौसला दिन उनिहरुलाई पुरष्कृत गरिएको अध्यक्ष चौरसियाले बताए । उनले गाउँपालिकामा कम साधन स्रोत र पहुँच वावजुद राम्रो अङ्क ल्याएर उतिर्ण भएका विद्यार्थीहरुलाई पुरष्कृत गर्दा अन्य विद्यार्थीहरुलाई समेत राम्ररी अध्ययन गर्न प्रेरणा मिल्ने बताए ।

पुरष्कृत विद्यार्थीहरुले गाउँपालिकाबाट प्राप्त सम्मानले आफुहरुलाई आगामी दिनमा थप राम्रो गर्दै गाउँपालिकाको नाम उच्च गर्न हौसला मिलेको बताएका थिए ।

Back to top