आज १३९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार ७५२ पुग्यो

676


वीरगञ्ज १२ श्रावन । नेपालमा सोमबार थप १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजा ९५० रहको मन्त्रालयले जनाएको छ ।



पछिल्लो २४ घण्टामा थप ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार ७५४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।

लकडाउन हुनुअगाडिको ६ दिनको कोरोना पोजेटिभ प्रतिशत ३.२ थियो भने त्यसपछि ३.३ प्रतिशत रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here