×

बीरगन्ज ११ श्रावण । बीरगन्ज महानगरपालिका भित्र समुदाय स्तरमा कोरोना परिक्षणको लागि स्वाव संकलनको काम आजबाट शुरु भएको छ । बीरगंज महानगरपालिकाको वडा नं ९ बाट यो काम शुरु गरिएको हो ।

वडा नं ९ मा रहेको रेल्वे माविमा स्वाब संकलनको काम भएको हो ।स्वाब संकलन भन्दा अघि महानगरका कर्मचारीले रेल्वे स्कूललाई डीसइन्फेक्टेड गरेका थिए ।

आज २ सय ९ जनाको स्वाब संकलन गरिएको छ । स्वाब संकलन कार्यको बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीले अवलोकन गर्नु भएको थियो ।

जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको शुक्रवार सम्पन्न बैठकको निर्णय अनुसार वीरगन्ज महानगरपालिकाको संयोजकत्वमा स्वाब संकलनको काम शुरु भएको हो ।

स्वाब संकलन केन्द्रमा संचारकर्मीसंग कुरा गर्दै महानगर प्रमुख बिजय सरावगीले महानगरका नागरिकको जीवन रक्षाकालागि महानगरले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

परिक्षणकालागि नारायणी अस्पताललाई सबै आवश्यक सामाग्री उपलब्ध गराएको उहाँले बताउनु भयो । उहाँले नारायणी अस्पताल र स्थानीय प्रशासनसंगको सहकार्य ठिक र सुमधुर रहेको बताउनु भयो ।

उहाँले स्थानीय सरकार र रुथानीय प्शासनवीच सम्बन्ध बिगार्ने र समन्वय हुन नदिने तत्व सदैब लागि रहेको चर्चा गर्दै उनीहरुलाई जनताले नै जवाफ दिने बताउनु भयो । उहाँले अहिलेको निषेधाज्ञालाई परिक्षणकोलागि उपयोग गर्ने र परिक्षण तिब्र बनाइने बताउनु भयो । बीरगंजमा ४० हजार घरधुरीमा परिक्षण पुर्याउने बताउनु भयो ।

यसैबीच, कोभिड–१९ सङ्कट व्यवस्थापन समिति पर्साको नेतृत्वमा माईस्थानमा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको स्वाब सङ्कलन गरिएको छ गहवामाई मन्दिरअगाडि २ सय १० जनाको स्वाब नमूना सङ्कलन गरिएको समितिका सदस्य सचिव जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनु भयो । त्यसैगरि राधेमाईमा कन्ट्याक्ट ट्रेसिङमा परेका ४८ जनाको स्वाब संकलन गरिएको छ ।

यता वीरगन्जका नागरिक समाज भन्नथालेका छन मेयर सरावगीले आफनाे बाचा पूरा गरे संगै वीरगन्जका केही फेसबुके नेताका मुखमा ताला हाने काम गरेका छन ।

Back to top