×

वीरगञ्ज ९ श्रावन । वीरगञ्जमा श्रावन १० गते देखी अनिश्चितकालकालागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

आज जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बृहत् सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिन थालेपछि स्थानीय प्रशासनले रजानीतिक दल ब्यवसायी सहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो ।

कोरोना भाइरसको संक्रमणलाई रोक्नकालागि मानिसहरुको आवागमन र घुमफिर नियन्त्रण गर्न आवश्यक देखिएको छ ।

त्यसैगरि परिक्षणको दायरा बढाएर संक्रमीतहरुलाई समाजबाट अलग राख्न सक्नु पर्छ ।

यसो गर्न स्थानीय प्रशासन र स्थानीय सरकारले आम नागरिकलाई सहयोग गर्नकालागि अपिल समेत गरेको छ ।

Back to top