×

वीरगञ्ज ७ श्रावन । वीरगञ्ज महानगरलाई स्वच्छ सफा र व्यवस्थित गर्न शनिबार वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानका नालाहरु सरसफाई गरिएको छ ।

होटल व्यवसायी संघ पर्सा र लिंक रोड रोड विकास समितिको पहलमा वीरगञ्जको लिंक रोडमा पर्ने विभिन्न नालामा जमेको फोहरलाई निकालेर सरसफाई गराइएको छ । विगत ३-४ दिनदेखि परिरहेको अबिरल वर्षाका कारणले उक्त क्षेत्रका नालामा फोहर जम्दा जाम भएका थिए ।

नालामा भएको जामका कारण वर्षाको पानि निकास नहुँदा पानि जम्ने समस्या भएकोले होटल व्यवसायी संघ पर्सा र लिंक रोड विकास समितिले संयुक्त पहलमा नाला सरसफाई गर्न लगाएको छ ।

वीरगञ्ज महानगरपालिकाको सहयोगमा सरसफाई गरिएको होटल व्यवसायी संघ पर्साका महासचिब तबरेज आलमले जानकारी दिए । सरसफाई गर्न क्रममा होटल व्यवसायी संघ पर्साका उपाध्यक्ष छबिलाल उप्रेती, लिंक रोड विकास समितिका अध्यक्ष राजेश साहलगायतका उपस्थिति रहेको थियो ।

Back to top