×

वीरगञ्ज ७ श्रावन । चित्रगुप्त सेवा समितिले वीरगञ्ज महानगरपालिका वडा न १ को शिशोवारी टोलमा चित्रांश धर्मशालाको निर्माण कार्य सुरु गरेको छ ।

दुइ वर्ष अघि चित्रांश कायस्थ परिवारहरुले डेढ कठ्ठा जग्गा खरीद गरेको थियो । सोही जग्गामा चार तल्ले धर्मशालाको निर्माण सुरु भएको अध्यक्ष प्रभु नारायण कर्णले जानकारी दिएका छन ।

भुइ तल्लामा चार वटा कोठा र एक ठुलो हाँलको साथै पार्किङ हुने र जग देखी लिन्टर सम्म निर्माण भइ पहिलो चरणको कार्य सम्पन्न भएको अध्यक्ष कर्णले जानकारी दिए ।

गरीब र निम्न मध्यम हरुको घना बस्ती रहेको शिशोवारी टोलमा धर्मशालाको अति खाचो महशुस गरी निर्माण कार्य सुरु गरिएको र कोठा बनाउन दाताहरुको खोजी गरिरहेको बताउनु हुन्दै कोठा बनाउन चन्दा दिने दाताको नाम सोही कोठामा समेत लेख्ने कर्ण बताए ।

जग्गा खरीदमा चित्रांश कायस्त परिवारका साथै नेपाली काग्रेसका नेता एवम् प्रदेशसभा सदस्य ओम प्रकाश शर्माले ५ लाख रुपियाँ व्यक्तिगत सहयोग गर्नु भएको र निर्माणमा यो वर्ष संसदीय कोषबाट १० लाख सहयोग दिनु भएको कोषाध्यक्ष दिलीप कुमार कर्णले जानकारी दिए ।

कोषाध्यक्ष कर्णले वीरगञ्ज महानगर पालिकाले यो वर्ष ५ लाख एवम् कायस्त परिवारबाट चन्दा स्वरुप ५ लाख गरी जम्मा २० लाख अहिले सम्म खर्च भएको बताए ।

चित्रगुप्त समिति वीरगञ्जका अध्यक्ष महेश दासले शिशोवारीमा चित्रांश धर्मशालाको निर्माण सुरु भएकोमा खुशी व्यक्त गर्दै कायस्थ परिवारका साथै सबै समुदाय लाइ सहयोग गर्न अपिल गरेका छन् ।

वीरगञ्जको वडा नं. ६ स्थित गिता मन्दिर रोडमा चित्रगुप्त मन्दिर र चित्रगुप्त अतिथि सदन छ । यसै गरी वडा नं. ३ को छपकैयामा र चित्रगुप्तनगरमा पनि चित्रगुप्त अतिथि सदन रहेको छ ।

Back to top