×

वीरगञ्ज ७ श्रावन । जिल्ला प्रहरी कार्यालय पर्साले भूमिसुधार तथा मालपोत कार्यालय पर्साका लेखनदासलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १५ लक्ष्मणवा घर भएका अमर साह कानू गुप्तालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

बुधवार बिहान मालपोत कार्यालय नैजिकै रहेको कानूको च्याम्बरबाट सादा पोशाकमा आएका प्रहरीले गुप्तालाई पक्राउ गरेको थिए । वीरगञ्ज महानगरपालिका वडा नं. ५ स्थित सिटी स्क्यान सेन्टर रहेको मुख्य सडकसँग टाँसिएको करीब साढे पाँच कट्ठा जग्गा स्वर्गीय कमला राजभण्डारीको नक्कली छोरा बनेर मुकेश राजभण्डारीले नामसारी गरेको घटनामा संलग्न रहेको आरोपमा लेखनदास गुप्लाताई प्रहरीले पक्राउ गरेको हो ।

सोही घटनाको साक्षी बसेका अर्का लेखनदास प्रमेश साह कानू भने फरार रहेका छन् । अमरलाई पक्राउ गरेपछि कानु फरार भएका हुन् । स्वर्गीय कमला राजभण्डारीको नक्कली छोरा बनेर मुकेश राजभण्डारीले फागुन १२ गते वीरगञ्ज महानगरपालिका वडा नं. ५ कित्ता नं ७१ को ३२५ वर्गमिटर, कित्ता नं ३ को १२७३.८ वर्गमिटर, कित्ता नं १८६ को १०३.४ वर्गमिटर र कित्ता नं १४३ को ८६.१० वर्गमिटर जग्गा २०७६ फागुन १२ गते मालपोत कार्यालय पर्साबाट नामसारी गराएका थिए ।

घटना सम्बन्धमा असार २७ गते स्वर्गीय कमला राजभण्डारीको आफन्तजनले मालपोत कार्यालय पर्सामा लिखित उजूरी दिएपछि किर्ते जालसाजको मुद्दा सार्वजनिक भएको हो ।

यस सम्बन्धमा मालपोत कार्यालय पर्साले साउन ४ गते जिल्ला प्रशासन कार्यालय पर्सामा अनुसन्धानको लागि लिखित पत्राचार समेत गरेको थियो । प्रशासनले किर्ते जालसाजको मुद्दा प्रहरीमार्फत् छानबीन शुरू गराएको हो ।

Back to top