×

वीरगञ्ज ६ श्रावन । सरकारले भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेकाे छ ।

साेमबार बसेकाे मन्‍त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयाे ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खतिवडाले अन्तर्राष्ट्रिय सीमा नाका बन्‍दकाे अवधि साउन ३२ सम्म लम्ब्याउने निर्णय गरेकाे पनि जानकारी दिनुभयाे ।

तर स्वदेश आउनैपर्ने अवस्थामा सहजिकरण गरिने र तोकिएका नाकाबाट मात्रै प्रवेश गराइने पनि उहाँले बताउनुभयाे ।

Back to top