×

वीरगञ्ज ५ श्रावन । छोट समयमा पनि सेवाग्राहीहरुको बिस्वास जित्न सफल भएको प्रभु लाइफ इन्स्योरेन्सले पछिल्लो आर्थिक वर्षमा राम्रो विमा शुल्क आर्जन गरेको छ । वीरगञ्जको २ स्थानमा रहेका इन्स्योरेन्स कम्पनिका शाखाहरुले पछिल्लो आर्थिक वर्षमा ९ करोड भन्दा बढीको विमा रकम आर्जन गर्न सफल भएका छन् ।

विक्रम सम्बत २०७४ मा स्थापना भइ देशका विभिन्न शाखाहरु मार्फत सेवा उपलब्ध गराउंदै आएको प्रभु लाइफ इन्स्योरेन्समाथि पछिल्लो समय सेवाग्राहीको विस्वास बढेको बुझ्न सकिन्छ । एउटै आर्थिक वर्षमा दुई शाखा मार्फत ९ करोड भन्दा बढी विमा रकम संकलन गर्ने सफल हुनु यसको प्रमाण हो ।

आर्थिक वर्ष २०७६/७७ मा इन्स्योरेन्स कम्पनिको वीरगञ्जस्थित लिङ्क रोड शाखाले ३ करोड ३२ लाख र आदर्शनगर शाखाले ६ करोड भन्दा बढी विमा रकम सङ्कलन गरेको कम्पनिका शाखा प्रवन्धक राजीव कुमार झाले जानकारी दिए । कोरोनाभाइरस अर्थात कोभिड-१९ सङ्क्रमणका समयमा पनि ९ करोड भन्दापनि बढी विमा रकम सङ्कलन गर्नु सामान्य कुरा नभएको अर्थविद्हरुले बताएका छन् ।

२ सय करोड भन्दा बढी पुंजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनिले छिटै नयाँ सुविधाहरु समेत ल्याउने योजना बनाएको शाखा प्रवन्धक झाले बताए । उनले छिटै कम्पनिले ६९ करोड को आइपीओ ल्याउने योजनामा कम्पनि रहेको बताए ।

प्रवन्धक झाले कम्पनिलाई सफलता दिलाउँन वीरगञ्जका दुवै शाखाहरुमा कार्यरत विभिन्न कर्मचारीहरुको महिनेत र लगनशीलताले विशेष सहयोग मिले बताए । उनले कम्पनिका वरिष्ठ एजेन्सी म्यानेजर नितेश मिश्र, विवेक सिंह, राकेश प्रसाद यादव, मनिशा शर्मा, बिनित कुमार सिंह, बिबेक मिश्र, सुमित चौधरीलाई सम्मानित समेत गरिएको जानकारी गराए ।

Back to top