×

वीरगन्ज ३ श्रावन । हिन्दू परिषद नेपाल बीरगंज नगर कमिटी द्वारा शनिबार बिरगंज घण्टाघर नजिक प्रधानमंत्री केपी ओलीको पुतला जलाएको छ।भगवान श्रीरामको जन्म बारे दिएको बिबादित अभिब्यक्तिको कारण चौतरफी आलोचना भई रहेको बेला हिन्दु परिषद नेपाल का युवाहरु ले आज प्रदर्शन गरेका हुन।

नेपाल र भारतको धार्मिक सांस्कृतिक सम्बन्ध लाई बिगार्ने हिसाबले भगवान श्रीराम माता जानकी लाई बिभाजन गर्ने हिसाबले दिएको अभिब्यक्तिको कारण देश भरी हिन्दू परिषद नेपालले विरोध प्रदर्शन गर्दै आएको छ।

शनिबार बीरगंज भएको विरोध प्रदर्शनमा हिन्दू माथिको दमन बन्द गर,ओमकार परिवार एक हौ ,हिन्दू राष्ट्र कायम गर,धर्म बेच्ने दलाल नेताहरु मुर्दाबाद, भगवान श्रीराम माता जानकी लाई बिभाजन गर्न पाईदैन,धर्म-निरपेक्षताको आडमा गुण्डागर्दी बन्द गर,केपी ओली मुर्दाबाद, प्रधानमंत्री आफ्नो अभिब्यक्ति फिर्ताले,नेपालीहरुको पहिचान कायम गर भन्दै नारावाजी समेत गरेको थियो।

हिन्दू परिषद नेपाल बीरगंज नगर अध्यक्ष प्रमोद सिंहको अगुवाइ मा भएको विरोध पर्दर्शन कार्यक्रममा केन्द्रिय अध्यक्ष संतोष पटेल,महासचिव अनिरुद्ध सिंह,कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु सुरेश साह कानू, श्रीराम उपाध्याय, लालबाबु प्रसाद कुर्मी, सचितानंद दुबे,भरत सरार्फ,पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल,सचिव अंशु कुमार प्रजापति,बीरगंज नगर उपाध्यक्ष अजय गुप्ता,सह-सचिव रंजीत चौरसिया, सदस्य राजेश पटेल, रामराज्य परिषद नेपालका केन्द्रिय संयोजक धर्मेंद्र पटेल,केन्द्रिय सदस्यहरु रम्भा मिश्रा, उषा श्रीवास्तव,पर्सा जिल्लाका अजय सिंह,अमृता झा,मिथलेश सिंह,लागायत को सहभागीता रहेको थियो।

Back to top