×

सर्जक विजय चन्द (दर्पण)को शब्द सृजनामा गायिका निरा छन्त्यालले तिजको कोसेली स्वरुप “सुर्तै मायाको” दर्शक श्रोताको माझमा पस्किनुभएको छ ।

दर्पणको शब्द सृजना र प्रकाश पराजुलीको संगीतमा सजिएको “सुर्तै मायाको” लाई लोक तथा दोहोरी गायक शितल गुरुंग र चर्चित गायिका निरा छन्त्यालको सुमुधर आवाजले सुनमा सुगन्ध थप्ने काम गरेको छ । गीतमा प्रकाश दुरा, विष्णु मल्ल, आकृति मगर र मिना श्रिसले कोरस गायन गर्नुभएको छ ।

वान डिवि एच डि स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज सुनिल परियारले र मिक्सिंग एच बि एन किस्मतले गर्नुभएको छ ।

गायिका छन्त्यालको आफ्नै युट्युब च्यानल “निरा छन्त्याल अफिसियल” मार्फत सार्बजनिक उक्त गीतको भिडियोमा अत्यन्तै चर्चित एवम् हिट गितहरुमा अभिनय गरीसकेका मोडल तथा कोरियोग्राफर शंकर बिसि र अञ्जलि अधिकारीले अभिनय गर्नुभएको छ ।

दुर्गा पौडेलले छायाकंन गरेको भिडियोको निर्देशन शंकर बिसिले आफै गर्नुभएको छ भने ईडिट तथा कलर नविन घर्ति मगरले गर्नुभएको छ ।

सर्जक दर्पणले यसअघि सृजना गरेका ‘सुतली’, ‘पलाश’, ‘बुकी ’, ‘चौका दाउ’, ‘साली कसको भिनाको’, लगायतका गितहरुलाई दर्शक श्रोताले निकै नै रुचाईदिएका थिए । विगतका सृजनालाई माया गरेजस्तै “सुर्तै मायाको” लाई पनि माया गर्ने र मन पराईदिनेमा सर्जक दर्पण विश्वस्त हुनुहुन्छ ।

भिडियो :

https://www.youtube.com/watch?v=oAO1GH03u60&feature=share&fbclid=IwAR3s7LzzBaF7ptXPS0Q9rozEa8X8xRLUopMqZJVIfnGP42f14cjm2EZdDCI

Back to top