७ लाख १० हजारसम्मको लटको लाइसेन्स आयो वीरगंज लाइसेन्स शाखामा सम्पर्क गर्न प्रमुख साह अपिल

4342

वीरगंज २९ असार । प्रदेश २ सरकारको मातहतमा रहेको यातायात व्यवस्था कार्यालय वीरगंजले लाइसेन्स शाखाले एक महीनाभित्र ४२ हजार चालक अनुमतिपत्र दिने लक्ष्य राखेको छ ।

लकडाउनले गर्दा नयाँ सेवाग्रही नथपिएपछि लाइसेन्स वितरणको समस्या हल हुन भएको यातायात व्यवस्था कार्यालय वीरगंज शाखाका प्रमुख सुशील साह बताए ।

“१७ हजार लाइसेन्स छापेर आइसकेको छ, बिस्तारै वितरण पनि शुरू भएको छ । असार १ गतेदेखि अन्य २५ हजार स्मार्टकार्ड लाइसेन्स एक साताभित्र यातायात व्यवस्था विभागबाट वीरगंज आइपुग्ने छ”– यातायात व्यवस्था कार्यालय वीरगंज शाखाका प्रमुख सुशील साह बताएका छन ।



वीरगंज आसापासका सेवाग्रहीको पखाइको दिन अन्त्य भएको छ ।” लकडाउन खुकुलो भएसँगै असार १ गतेदेखि लाइसेन्स वितरण भइरहेको र नवीकरणबाहेक अन्य सेवा शुरू भएको छ ।

कार्यालयका प्रमुख साहले ७ लाख १० हजारसम्मको लटको लाइसेन्स छपाइ भएर आइसकेको हुनाले सेवाग्राहीले आफ्नो रसिद अनुसार कार्यालयमा सम्पर्क गर्न पनि यातायात व्यवस्था कार्यालय वीरगंज शाखाका प्रमुख साहले अपिल गरेका छन् ।

२०७४ असार १८ गतेदेखि २०७७ असार २५ गतेसम्म १ लाख २३ हजार ९ सय ४० जनाले परीक्षा पास गरी लाइसेन्सको लागि विभागमा अनुरोध गरेकोमा असार २५ गतेसम्म १ लाख १० हजार १ सय २९ जनाको लाइसेन्स छाप्ने काम पुरा भइसकेको छ ।

उनका अनुसार अब वीरगंज कार्यालयबाट जम्मा ११ हजार २ सय ३२ जनाको लाइसेन्स छपाइ हुन बाँकी छ । तर लकडाउनले विभागमा लाइसेन्स छपाइको काम नरोकिएकोले लाइसेन्सका लागि महीनौं कुर्नुपर्ने बाध्यता अन्त्य हुने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here